तनहुँ, २६ चैत । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी वैशाख ९ गते एमाले माओवादीबीच पार्टी एकता गर्ने गरी तयारी भएको बताएका छन् ।नेता श्रेष्ठले एमाले र माओवादीबीच पार्टी एकतामा निर्वाचन चिह्न र संख्याले कुनै समस्या नगर्ने बताए । उनले निर्वाचन चिह्नका विषयमा धेरै चिन्ता लिनुनपर्ने बताए ।तर, माओवादी केन्द्रले भने निर्वाचन चिह्न र ५० प्रतिशतको विषयतमा कुरा उठाउँदै आएको विषयमा नेता श्रेष्ठले भने, ‘चुनाव चिह्नमा चिन्ता लिनुपर्ने कुनै कारण नै छैन, हामी यस विषयमा समाधान नगरिहाल्छौँ र पार्टी एकता सम्मानजन तरिकाबाट हुन्छ ।’पार्टी एकताको औपचारीक निर्णय प्रधानमन्त्री भारतबाट फर्किएपछि बैठक बस्ने दुवै पार्टीले त्यसका लागि आन्तरिक तयारी गरिरहेको नेता श्रेष्ठको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया