स्वदेश फर्किए ओली, विमानस्थलमा भने–काठमाडौं रेल ल्याउने सहमति गरेर फर्किएँ

काठमाडौं, २५ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका छन् । तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।उनले भारत भ्रमणका क्रममा आफूले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवयायीसँग भेटवार्ता गरेको बताउँदै ओलीले नेपालमा लगानी गर्न भारत इच्छुक रहेको पाएको समेत बताए ।उनले आफ्नो भारत भ्रमणका विषयमा अरु धेरै बोल्नै आवश्यक नरहेको भन्दै तस्बिर आफैं बोल्ने बताए ।उनले भने–तस्बिर आफै बोल्छ , नेपाल भारत सम्बन्ध कसैले बिगारेन भने सँधैको लागि सम्बन्ध सुधारिएको छ । हामी सम्बन्ध बिगार्न चाहँदैनौं । कयौ कुराहरु लिखित मै आइसकेका छन् । नआएका कुराहरु अनावश्यक रुपमा उछाल्न हुँदैन ।’उनले आफ्नो भारत भ्रमण कुनै बनाउटी र देखावटी नभएको भन्दै भारतसँग मित्रता खुलस्त, खुलापन , पारस्पिरिक सम्बन्ध सर्वभौमिता, दुबैदेशको हित र पारस्पिरिक लाभको आधारमा हुने स्पष्ट कुरा राखेको बताए ।उनले भारतीय रेल ल्याउने आफ्नो भारत भ्रमणका क्रममा समझदारी भएको पनि सो क्रममा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?