हिन्दुत्वलाई कमजोर बनाउने उद्देश्यले आक्रमणः राप्रपा

काठमाडौं, २५ चैत । विराटनगरको जतुवामा हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि भएको गोली प्रहारको घटनालाई राप्रपाले भत्र्सना गरेको छ ।राप्रपा पार्टीका प्रवक्ता भुवन पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै आचार्यलाई हत्या गर्ने उद्देश्यले गोली प्रहार गरिएको उल्लेख छ ।‘यो घटना विगत केही समयदेखि हिन्दुत्वलाई कमजोर बनाउने, हिन्दुत्वप्रति समर्पित अभियन्ताहरु, धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभित तुल्याउने प्रयासको योजनाबद्ध श्रृखलाको एक कडिको रुपमा राप्रपाले लिएको छ ।घटनाको तत्काल छानविन गरी अपराधीलाई कानुन बमोजिम कडा सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग राप्रपा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । राप्रपाले घाईते आचार्य श्रीनिवासको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?