प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

काठमाडौं, २५ चैत । काठमाडौं, २५ चैत । भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी आज प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कन लागेका हुन् ।प्रधानमन्त्री ओली आइतबार साँझ ७ बजे स्वदेश फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।त्यस्तै प्रधानमन्त्री ओली स्वदेश फर्कनुअघि उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने भएका छन् । सो समारोहमा ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गर्ने कार्यक्रम तय भएको छ ।५४ प्रतिनिधिमण्डको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गत शुक्रबार भारत भ्रमणमा गएका थिए । उनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणका लागि निम्तो दिएका थिए ।तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका आज साँझ स्वदेश फर्कन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?