पाल्पा, २४ चैत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताउनुभएको छ । उहाँले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति लिएको बताउँदै पहिला कर्म त्यसपछि फलको आश गर्न सल्लाह दिनुभएको छ ।उहाँले संघीय संरचनाका कामलाई चुस्त बनाउन कुनै स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिने बताउनुभएको छ ।पाल्पा जिल्लालाई ४८औँ खुल्ला दिसामुक्त जिल्ला घोषण गर्दै मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले पाल्पा खुल्ला दिसामुक्त घोषणा भएकाले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिनुुपर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्य, क्षेत्रीय स्वच्छता समन्वय समिति पोखराका संयोजक रमाकान्त दवाडी र गैसस पाल्पाका अध्यक्ष भेषराज तिमिल्सेनालगायतले सरसफाइ कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया