बाँके, १७ चैत – प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुककै उत्कृष्ट, समृद्ध प्रदेश बनाउन पहल थालिएको बताउनुभएको छ ।लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि–२ नेपालको छैठौँ नेशनल कन्भेन्सन आज नेपालगन्जमा उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका लागि कृषि, सिँचाइ तथा उत्पादनमुखी क्षेत्रलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता गर्नुभयो ।उहाँले भन्नुभयो, “अहिले फजुल खर्च बढेको छ, यसलाई नियन्त्रण गरी भ्रष्टाचारमुक्त समाज बनाउन हामी सबै लाग्नुपर्दछ ।” मुख्यमन्त्री पोख्रेलले नेपाली जनताको आत्मविश्वास बढाउन आवश्यक रहेको भन्दै त्यसका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनको साथ हुनुपर्नेमा जोड दिनुभयो ।लायन्स क्लबलाई सामाजिक अभियानको संगठन भन्दै उहाँले समाजसेवाले हरेक मानिसलाई आत्मसन्तुष्टि मिल्ने बताउँदै आपतविपत्को बेलामा लायन्सले आफ्नो पहिचानसहित सहयोगका हात अगाडि बढाउन आग्रह गर्नुभयो ।सो अधिवेशनमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी–२ का गभर्नर मधुसुदन शर्माले लायन्स क्लबले नेतृत्व विकासका साथसाथै समाजसेवामा उदाहरणीय काम गरेको बताउँदै आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।सो अवसरमा लायन्सवादको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने पूर्वडिस्ट्रिक्ट गभर्नर सेम शाक्य, डिके ढुंगाना, घनश्याम भट्टराईलाई सम्मान गरिएको थियो । सो कार्यक्रम शुरु हुनुपूर्व विभिन्न साँस्कृतिक झाँकीसहित वृहद् प्रभातफेरि निकालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया