सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए बचत रकम फिर्ता

लोकपथ
42
Shares

काठमाडौं । सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार २३ जना बचतकर्ताले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका हुन् ।

नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जनाले पूरा बचत रकम फिर्ता पाएका छन् ।

त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जनाले आंशिक रकम फिर्ता पाएका छन् ।

समितिका अनुसार सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गरिएको हो ।

पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको समितिले जनाएको छ । अब बचत रकमका आधारमा वर्गीकरण गरी अन्य बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गरिनेछ ।

समितिले समस्याग्रस्त सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने काम निरन्तर जारी रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?