काठमाडौं आएलगत्तै भारतीय विदेश सचिव मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

लोकपथ
0
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि नेपालमा भेटघाट सुरु गरेका छन् ।

दुई दिने भ्रमणका लागि बुधबार बिहान काठमाडौं आएका मिश्रीले नेपाल आइपुगेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा दुई देशबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ विस्तार गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाल र भारतबीचको आपसी सम्बन्धका विभिन्न पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?