काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै सत्तारुढ दलकै नेताहरु असन्तुष्ट बनेका छन् ।
अध्यादेश जारी गरेसँगै असन्तुष्ट बनेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना नेताहरुले छलफलमा जुटेका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणलाई लिएर प्रचण्ड निवास खुमलटारमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ छलफलमा जुटेको स्रोतले जनाएको छ ।
सरकारले हठात रुपमा अध्यादेश ल्याएसँगै विभिन्न कोणबाट आलोचनाहरु भइरहेका छन् ।
धानमन्त्री केपी शर्मा ओलीले आइतवारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । आइतवारको बैठकमा गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरिएको बैठक आजका लागि बोलाइएको थियो । भने आजको बैठकमा पनि गणपूरक संख्या नपुगेपछि बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । संवैधानिक परिषद्को बैठकपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले बहुमत सदस्यका आधारमा संवैधानिक परिषद्को बैठक बस्न पाउने गरी अध्यादेश ल्याएका थिए । भने त्यसलाई तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।
यसअघि पनि प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसको व्यापक आलोचनापश्चात सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो ।
यो पनि
अध्यादेशबारे जनार्दन शर्माको आक्रोश : सत्ता स्वार्थको परकाष्ठा !
अध्यादेशपछि झोक्किए निधि, भने- ‘संविधान र प्रणाली माथी नाङ्गो आक्रमण भयो’ !
अध्यादेश जारी भएपछि रिसाए प्रचण्ड, भन्छन्- ‘बदनियतपूर्ण छ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया