काठमाडौं । सरकारले मंगलवार (आज) संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै चौतर्फी आलोचना भएको छ ।
यसैक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेशप्रति आपत्ती जनाउँदै फिर्ता लिन माग गरेका छन् ।
सरकारले संसद बैठक बोलाउनुको सट्टा अध्यादेश जारी गर्नु गलत भएको बताउँदै अध्यक्ष प्रचण्डले अध्यादेश खारेजीको माग गरेका छन् । साथै दलहरुले संसद बैठक बोलाउन माग गरिरहेका बेला संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु सरकारको बदनितपूर्ण काम भएको समेत प्रचण्डको आरोप रहेको छ ।
सरकारले हठात रुपमा अध्यादेश ल्याएसँगै विभिन्न कोणबाट आलोचनाहरु भइरहेका छन् । यसैक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सामाजिक सञ्जालमा लेख्दै सत्ता स्वार्थको पराकाष्ठाको संज्ञा दिएका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दलका उपसभापति विमलेन्द्र निधिले संविधान र प्रणालीमाथि नै नांगो आक्रमण भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । आइतवारको बैठकमा गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरिएको बैठक आजका लागि बोलाइएको थियो । भने आजको बैठकमा पनि गणपूरक संख्या नपुगेपछि बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । संवैधानिक परिषद्को बैठकपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले बहुमत सदस्यका आधारमा संवैधानिक परिषद्को बैठक बस्न पाउने गरी अध्यादेश ल्याएका थिए । भने त्यसलाई तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।
यसअघि पनि प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसको व्यापक आलोचनापश्चात सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो ।
यो पनि
अध्यादेशबारे जनार्दन शर्माको आक्रोश : सत्ता स्वार्थको परकाष्ठा !
अध्यादेशपछि झोक्किए निधि, भने- ‘संविधान र प्रणाली माथी नाङ्गो आक्रमण भयो’ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया