मङ्सिर २० गते बस्नेगरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

मङ्सिर २० गते बस्ने गरी आजको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

अध्यक्षद्वयले यस अघि सचिवालयमा प्रस्तुत गरेको प्रस्तावका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थियो । यसअघि मंगलवार(हिजो) पनि बैठक बसेको थियो । हिजोको बैठकमा छलफल गर्न बाँकी रहेका विषयहरुमा आज छलफल गर्ने भनिएपनि बैठक शुरु भएको केही समयमा नै अर्को मिति तय गर्दै बैठक सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् । सचिवालय बैठकअघि ओली र अर्का अध्यक्ष आफू निकटका नेताहरुसँग रणनीतिक छलफल गरेका थिए ।

 

यो पनि

ओली सचिवालय बैठकमा सहभागी हुने

खुमलटारमा आफू निकटका नेताहरुसँग प्रचण्डको छुट्टै छलफल

एक घण्टा सर्‍यो नेकपा सचिवालय बैठक

शुरु भयो नेकपा सचिवालय बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?