काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १ घण्टा पर सारिएको छ ।
बुधवार दिउँसो एक बजेका लागि बोलाइएको बैठक दुई बजेसम्मका लागि सारिएको स्रोतले जनाएको छ ।
यसअघि मंगलवार बसेको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रस्वावका बारेमा छलफल गरिएको थियो । त्यसैको निरन्तरतास्वरुप आजको बैठक बोलाइएको हो ।
बैठकका बारेमा रणनीति बनाउनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका छन् ।
मंगलवारको बैठकमा बैठकहरुको औचित्य नभएको बताएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समेत बैठकमा सहभागी हुने भएका छन् । बालुवाटारमा आफूनिकटका नेताहरुसँग छलफलपछि ओली बैठकमा सहभागी हुने बताइएको छ ।
यो पनि
ओली सचिवालय बैठकमा सहभागी हुने
खुमलटारमा आफू निकटका नेताहरुसँग प्रचण्डको छुट्टै छलफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया