ओली सचिवालय बैठकमा सहभागी हुने

काठमाडौं । आज बस्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष एवम्  प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।

यसअघि मंगलवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले बैठकको औचित्य नभएको भन्दै बैठकमा सहभागी नहुने बताएका थिए ।

स्रोतले दिएको जानकारी अनुसार ओलीले आफू पक्षीय नेताहरुसँगको छलफलपछि सचिवालय बैठकमा जान सहमत भएका हुन् ।

सचिवालय बैठक अघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले आफू निकटका नेताहरुसँग छुट्टाछट्टै रणनीतिक छलफल गरेका छन् ।

सचिवालय बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्ने बारेमा प्रचण्ड निवासमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले छलफल गरेका छन् ।

आजको बैठक मंगलवार बसेको सचिवालयको निरन्तरता हो । यसअघिका बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेका प्रस्तावका विषयमा छलफल बताइएको छ ।

यो पनि
खुमलटारमा आफू निकटका नेताहरुसँग प्रचण्डको छुट्टै छलफल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?