काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु छलफलमा जुटेका छन् ।
नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रचण्डसहित वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।
आजको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आफ्ना पक्षका नेताहरुसँग प्रचण्डले छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
यसअघि मंगलवार नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्षद्वयले सचिवालय बैठकमा राखेका प्रस्तावको विषयमा छलफल गरिएको थियो । त्यसको निरन्तरतास्वरुप आजको बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया