काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षमा खड्का

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको रुपमा अशोक खड्काले जिम्मेवारी पाएका छन् । जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो । पराजुली राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।

अध्यक्ष खड्काले तेक्वान्दोका अग्रज र साथीभाइको सल्लाह-सुझाव अनुसार अगाडि बढ्ने बताउदै कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?