काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले प्रशिक्षण अगस्ट तेस्रो साताबाट शुरु हुने भएको छ । आईपीएल सेप्टेम्बरमा आयोजना हुने भएपछि दिल्लीले भारतीय खेलाडीलाई अगस्ट १५ बाट क्याम्पमा राख्ने तयारी गरेको हो ।
दिल्लीबाट नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आईपीएल खेल्ने गरेका छन् । सन्दीप लामिछानेले अगस्ट १५ बाट प्रशिक्षण शुरु गर्ने भएका छन् ।
विदेशी खेलाडी भने सिधै युएई आउने दिल्लीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया