काठमाडौं । च्याम्पियन युभेन्टसले सिरि ए फुटबलको अन्तिम खेलमा पराजित भएको छ । शनिवार राति भएको अन्तिम खेलमा युभेन्टस रोमासँग घरेलु मैदानमा ३–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको पाँचौ मिनेटमा गोन्जालो हिग्युनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । निकोला कालिनिकले २३ औं मिनेटमा रोमाका लागि बराबरी गोल फर्काएका थिए । डिएगो पेरोटीले लगातार दुई गोल गर्दै रोमालाई सिजनको सुखद अन्त्य दिलाए ।
पेरोटीले ४४ औ मिनेटमा रोमालाई २–१ को अग्रता दिलाएका थिए । युभेन्टसले एक अंकको अग्रता सहित लिगको अन्त्य गर्यो । उसले दुई खेल अगावै लगातार नवौं पटक लिग उपाधि उचालेको थियो ।
शीर्ष स्थानको युभेन्टसले ८३ अंक जोड्यो । रोमा ७० अंक सहित पाँचौ स्थानमा रह्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया