काठमाडौं । ज्लाटनको दुई गोलको सहयोगमा एसी मिलानले शानदार जित हात पारेको छ । मिलानले साम्पोडियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
ज्लाटन ईम्राहिमोभिचले मिलान क्लबका लागि ५० गोलको कीर्तिमान रचेका थिए । साम्पोडियाविरुद्ध जित निकाल्दै मिलानले अर्को सिजन युरोपा लिग पक्का गरेको छ ।

बुधबार राति मिलानको जितमा ज्लाटनको दुई गोलसँगै हकन काल्होग्लु र राफेल लियोले एक एक गोल गरे । घरेलु टोली साम्पोडियाका क्रिस्टोफर अस्किल्डसेनले एक गोल फर्काएका थिए ।
जितसंगै मिलानले ६३ अंक सहित छैटौ स्थानमा रहदै युरोपा लिग पक्का गर्यो । साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा रह्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया