आज राखेप सदस्य सचिव नियुक्ति हुँदै

काठमाडौं । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिको कार्यसूचि रहेको छ । सदस्य सचिव नियुक्ति लगायतका एजेण्डामा निर्णय गर्न मन्त्रीपरिषदको बैठक आज (सोमवार) बस्दैछ ।

स्रोतका अनुसार मन्त्रीपरिषद् बैठक साँझ ५ बजे बोलाईएको छ । बैठकमा राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको तीन जनाको नामबाट एक जनालाई सदस्य सचिवमा नियुक्ति गरिने भएको छ ।

सदस्य सचिवमा रमेशकुमार सिलवाल, भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलकै पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगर रहेका छन् ।

यो पनि पढ्नुहोस् : राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?