काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको स्रोतले जनाएको छ ।
शनिवार बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्लि महाधिवेशनको राखेको प्रस्तावमा प्रचण्डले पनि साथ दिएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएका थिए ।
उक्त विषयमा छलफलका लागि वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमालटार पुगेका थिए । छलफल पछि प्रचण्डले अर्लि महाधिवेशनको कुरामा कुनैपनि सहमती नभएको स्पष्ट पारेका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउनको लागि पछिल्लो समय दुई अध्यक्षहरुबीच भेटघाट भइरहेका छन् । शनिवार बसेको सचिवालय बैठकपछि दुवै अध्यक्षहरु राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।
यो पनि
प्रचण्ड निवास पुगे माधव नेपालसहित ३ स्थायी कमिटि सदस्य
ओलीले फ्याँकेको अर्लि महाधिवेशनको कार्ड : प्रधानमन्त्री जोगाउने अर्को टेक्निक !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया