यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित

लोकपथ
0
Shares

काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको छ। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४।४ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

युएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए ।

त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सवै विकेट गुमाएर १५३ रन बनायो । नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे ।

बलिङतर्फ युएईका लागि नसीम खानले आठ ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मङ्गलबार पाकिस्तानको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?