राष्ट्रिय एकता बलियो बनाउन पर्वले योगदान पुर्‍याउने रवि लामिछानेको विश्वास

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव र एकतालाई सुदृढ बनाउने बताएका हुन् ।

उनले विविधताबीच कायम रहेको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन पनि पर्वहरूले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

लामिछानेले तिहारलाई उज्यालो, उमङ्ग र उत्साहको पर्व तथा छठलाई आस्था, श्रद्धा र समर्पणको पर्वका रूपमा उल्लेख गर्दै यी पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस् भन्ने कामना गरेका छन् ।

यसैबीच, राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन आफूहरू जनकपुरधामस्थित गङ्गासागरमा उपस्थित हुने जानकारी पनि उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?