काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग महाधिवेशनको बारेमा कुनै सहमती नभएको बताएका छन् ।
नेकपाको आन्तरिक विवाद समाधानको लागि शनिवार बसेको सचिवालय बैठकमा अर्ली महाधिवेशनको विषयमा कुराकानी उठेको थियो ।
अध्यक्ष दाहालको समेत त्यसमा सहमती रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले असन्तुष्टी जनाएका थिए ।
आज खुमालटार बोलाएर नेताहरुसँग कुराकानी गर्दै प्रचण्डले अर्लि महाधिवेशनको कुरा उपयुक्त नभएको बताए । अर्लि महाधिवेशन गर्ने भन्ने ओलीको प्रस्तावमा सहमती भएको भनिएका प्रचण्डसँग यस विषयमा छलफलका लागि वरिष्ठ नेता नेपाल, खनाल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्ड निवास खुमालटार पुगेका थिए । उनले नेताहरुसँग ओली र आफ्नो बीचमा अर्लि महाधिवेशनको कुरामा आफूले सहमती नजनाएको र अर्लि महाधिवेशनको कार्ड उपयुक्त नभएको बताएका थिए ।
प्रचण्डको भनाई उद्रृत गर्दै एक नेताले लोकपथलाई भने, “प्रचण्डले ओली र मेरोबीच कुनै सहमति भएको थिएन । अर्ली महाधिशेनको कार्ड फालियो यो उपयुक्त, छैन । यसमा मेरो सहमति पनि छैन । यो कार्यान्वयन सम्भव पनि छैन । अर्ली महाधिवेशनको प्रचारबाजीको प्रोपोगाण्डा ठिक नभएको र यसले पार्टीलाई राम्रो नगर्ने समेत भन्नुभयो ।”
तर अर्लि महाधिवेशनको प्रस्ताव औपचारिक रुपमा भने नेकपा सचिवालय कमिटिमा प्रवेश हुन बाँकी छ ।
यो पनि
प्रचण्ड निवास पुगे माधव नेपालसहित ३ स्थायी कमिटि सदस्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया