काठमाडौं । आइतवार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केही स्थायी कमिटि सदस्यबीच भेटघाट भएको छ ।
आगामी महाधिवेशनबारे छलफका लागि बिहान ९ बजे स्थायी कमिटि सदस्य एवम् बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।
पार्टीभित्रको आन्तरिक विवादका समाधानका लागि शनिवार बसेको सचिवालय बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशको कुरा उप्काएका थिए । र त्यसमा अर्का अध्यक्ष प्रचण्डको पनि साथ रहेको भन्दै बरिष्ठ नेता नेपालले असन्तुष्टी जनाएका थिए ।
दुई अध्यक्षबीचको महाधिवेशनको कुराकानीका विषयमा प्रस्ट्याउन प्रचण्डले तीन नेताहरुलाई बोलाएको स्रोतले जनाएको छ । तीन नेताहरुले भने महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका छन् ।
यसअघि खुमलटार बैठकमा सहभागी हुने गरेका गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल भने खुमलटारको छलफलमा सहभागी नभएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया