काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रम बीचमै छाडेर बाहिरिएका छन् ।
शनिबार काठमाडौंको नयाँ बजारमा आयोजित कार्यक्रममा वक्ताहरूको संख्या धेरै भएपछि गुरुङ कार्यव्यस्तता देखाउँदै कार्यक्रम नसकिँदै बाहिरिएका हुन् ।
गुरुङ कार्यक्रमबाट बाहिरिएपछि आयोजक सदस्यहरू केही समय अलमलमा परेका थिए । कार्यक्रमस्थलबाट बाहिरिएपछि उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकास र दुर्गम क्षेत्रका समस्याबारे प्रतिक्रिया दिएका थिए ।
उनले भौगोलिक विकटता र सडकको अभावका कारण हिमाली क्षेत्रका नागरिकले विभिन्न समस्या भोग्नुपरेको बताए । यस्ता समस्या समाधान गर्न सरकारले विशेष ध्यान दिने उनको भनाइ थियो ।
गुरुङले आगामी दिनमा हिमाली तथा दुर्गम क्षेत्रमा सडक निर्माण र बजेट व्यवस्थापनलाई प्राथमिकता दिइने बताए । देशका सबै क्षेत्रका नागरिकले भोगिरहेका समस्यालाई सरकारले केन्द्रमा राखेर काम गरिरहेको पनि उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया