सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

लोकपथ
140
Shares

काठमाडौं । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक शनिबार राति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राति करिब ११ः५० बजे कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा।प्र।०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

मृतक दुवैजनाको पहिचान खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?