उजुरीकर्तासँग कांग्रेस सहमहामन्त्री शिवाकोटीको सहमति

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र उजुरीकर्ताबिच नेपाल प्रहरीको साइबर ब्यूरोमा सहमति भएको छ ।

उनीमाथि परेको उजुरीका सन्दर्भमा छलफलका बोलाएपछि सहमहामन्त्री शिवाकोटी आइतबार भोटाहिटीस्थित ब्यूरो पुगेका थिए । पत्रकार रोशन खड्काको उजुरीका आधारमा ब्यूरो पुगेका शिवाकोटी र खड्काबिच सहमति भएको हो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए । सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए ।

जसलाई समाधान गर्नका लागि साइबर ब्युरोले दुवै पक्षलाई आइतबार दिउँसो बोलाएको थियो । दुवै पक्ष अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित कुराहरू नराख्न राजी भएसँगै सहमतिमा निकास निस्केको हो ।

कथंकथाचित भोलिका दिनमा फेरि कुनै अप्रमाणित कुराहरू दुवै पक्षले राखेका खण्डमा जुनसुकै बेला पनि साइबर ब्युरोले बोलाउन सक्ने भएको छ ।

शिवाकोटी भित्र जाँदा कानून व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको थियो । प्रहरीले कानून व्यवसायीलाई नभइ उजुरी मात्र परेकाले दुवै पक्षलाई सँगसँगै राखेर सहमति निकालेको हो ।

यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो । उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?