काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले सीमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भुमि माथिको भारतिय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सीमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
आगामी आर्थिक बर्ष २०७७/७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेको भएपनि संवेदनशीलय विषय भएकाले भारतीय अतिक्रमण विरुद्ध सांसदहरुलाई शुन्य समयमा धारणा राख्न सभामुखले समय दिएका थिए । शुन्य समयमा धारणा राख्ने अधिकांश सांसहरुले सीमाविवाद समाधानका लागि चीन समेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तराष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए । शुन्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले ती विषयमा सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।
उने भने “माननीय सदस्यहरु, यो बीचमा सुन्य समयमा बहुआयामिक महत्वका प्रश्नहरु माननीय सदस्यहरुले उठाउनुभएको छ । यी प्रश्नहरुमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछु । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया