काठमाडौं । नेपालको लिपुलेक हुँदै सडक निर्माण गरी उद्घाटन गरेको भारत सरकारको विरोधमा आइतबार देशभर विरोध प्रर्दशन भयो । देशका प्रमुख शहरहरुमा पनि युवाहरु निस्केर भारतको हेपाहा प्रवृतिको व्यापक विरोध भयो । यसैबीच आज आईतबार साँझ गोरखा सदरमुकाम गोरखा बजारमा राँके जुलुस प्रदर्शन गरीएको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा राँके जुलुस प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।
उनिहरुले लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, नालायक सरकार राजीनामा दे, सीमा मिच्न पाईदैन जस्ता नारा लगाउँदै राँको लिएर सडकमा उत्रिएका थिए । उनीहरुले गोरखा सदरमुकामको घ्याम्पेशाल चोकदेखि हरमटारी चोकमा जुलुससहित कोण सभा गरेका हुन् ।
कोणसभामा बोल्दै नेविसंघका अध्यक्ष सुवास अधिकारीले भारत सरकारले धार्चुलाबाट लिपुलेकसम्म सडक निर्माण गरेको विषयमा सरकार उदासिन बनेको आरोप लगाएका थिए । आफ्नो भूमी मिचिँदासमेत सरकारले पत्तो नपाउनु देश प्रतिको र नेपाली जनता प्रतिको अन्तर्घात भएको आरोप लगाउँदै नेविसंघले राँके जुलुस निकालेको अधिकारीले बताए ।
‘आफ्नो भूमी मिचिँदा सरकार मौन छ । सरकारको आधिकारीक प्रतिक्रिया आएको छैन । फिर्ता ल्याउन कुनै पहल भएको छैन’, उनले भने, ‘सही छाप नभएको विज्ञप्ती जारी गर्नुले सरकार डराएको प्रष्ट हुन्छ ।’
वर्तमान सरकार भष्ट्राचारमा डुबेको, भूमि मिचिँदा मौन बसेको लगायत कारणले राजीनामा दिनुपर्ने माग अध्यक्ष अधिकारीले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया