काठमाडौं । प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसकी नेत्री बिजुला बर्मा राणाले भारतले नेपालको भूमी मिचेर सडक विस्तार गरेको विषय सरकारलाई थाहा नहुनुलाई सरकारको लाचारीपनको पराकाष्ठाको संज्ञा दिएकी छिन् ।
गत शुक्रबार भारतले नेपालको भूमी लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको छ । यसको विरोधमा देशभर भारत तथा नेपाल सरकारको समेत व्यापक विरोध हुन थालेको छ ।
सन १८१६ को सुगौली सन्धिको कुरा स्मरण गर्दै सांसद राणाले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा विवाद रहेको दुबै देशले स्वीकारेको अवस्थामा भारतले एकलौटी बाटो खोल्नु पुर्णत गलत रहेको बताएकी छिन् । यसै प्रशंगमा उनले भनिन, “सन १८१६ को सुगौली सन्धि अनुसार माहाकाली नदि पूर्वमा सम्पुर्ण भु(भाग नेपालको हो। लिम्पियाधुरा मुहान भएको नदिनै सीमा नदि भएकोले गुन्जी गब्र्याङ कुटियाङ्दी लगाएतका सम्पुर्ण भु-भाग नेपालको हो। त्यो सन्धि नै सर्वमान्य स्वीकार्य सन्धि हो। त्यसपछि कुनै सम्झौता भएको छैन।कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको कुरा दुबै देशले स्वीकारेको छ। तर आफैले विवाद छ भनेर स्वीकारेको क्षेत्रमा एकलौटी रूपमा बाटो खोल्नु यो सहमति बिपरित पुर्णतः गलत हो।”
साथै उनले सरकारको नालायकिपनको कारण नेपाली जनता आफ्नो भूमीमा विदेशीले परेड खेलेको टुलुटुलु हेरेर बस्न बाध्य रहेको आरोप लगाएकी छिन् । नेपाली भूमीमा भारतको पटक पटक हुने हस्तक्षेप गर्ने गरेको र सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि सैह्य नहुने भन्दै छिमेकी भएर यस्तो अशोभनिय कार्य गरेको भन्दै आपत्ती जनाइन ।
राष्ट्रियता माथि नै खतरा भएको बेलामा सरकारले वक्तव्य निकालेर बस्नु केवल लम्पसारबाद भएकोले सरकारलाई परीणामूखी काम गर्न समेत आग्रह गरेकी छिन् । यसै प्रशंगमा उनले भनिन, “राष्ट्रियता जस्तो संवेदनशील विषयमा सरकारको भुमिका केवल वक्तव्यमा सीमित रहनु लम्पसारवादको नमुना हो। रास्ट्रवादको को प्रश्न मात्र वक्तव्यको बिषय होइन। यो परिणाममुखी हुन पर्दछ भन्ने कुरामा हामी सधै स्पष्ट हुनुपर्दछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया