काठमाडौं । भारतीय हस्तक्षेप विरुद्ध तत्काल सर्वपक्षिय बैठक राखी भारतसँग कुटनीतिक पहल गर्न विभिन्न विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन् ।
आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाँदै नेपाल बिध्यार्थी संघसहित ७ विद्यार्थी संगठनहरुले सर्वपक्षिय र सर्वदलिय बैठक राखी भारतसँग उच्च तहमा वार्ता गर्न माग गरेका हुन् । नेपालको मिचिएको भूमि फिर्ता गर्न र सार्वभौमसत्तालाई सम्मान गर्न भारतलाई बाध्य बनाउन सरकारले तदारुकता देखाउन पनि संगठहरुले आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बुझाईएको ज्ञापन पत्रमा नेपालको भुमिबाट तिव्वतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्ने लिंक रोड निर्माण गर्ने भारतीय मिचाह प्रवृत्ति खेदजनक भएको विज्ञप्तीमा उल्लेख छ ।
सत्ता बाहिर रहँदा चर्का राष्ट्रवादी नारा लगाउने र सत्ता सम्हाल्दा लम्पसार पर्ने सरकारको नियत थप उदॉंगो भएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले भारतको कदम विरुद्ध आफ्नो धारणा सार्वजनिक गरिसकेको र समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया