सार्वभौमसत्ता सम्पन्न मुलुकमाथिको हस्तक्षेप सैह्य हुँदैन: तरुण दल

काठमाडौं । भारतले नेपाली भूमीमा एकलौटी ढंगले सडक विस्तार गरेको विषयमा नेपाल तरुण दलले आपत्ती जनाएको छ । कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सैह्य नहुने भन्दै विरोध जनाएको हो।

शनिवार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष जितजंग बस्नेतले शुक्रवार एक विज्ञप्ती जारी गर्दै भारतले एकलौटी सडक विस्तार गर्नुले नेपालीहरुको आत्मामा गहिरो चोट पुर्याएको बताएका छन् ।

“भारतले गत शुक्रबार नेपालको भुमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पु-याएको छ । यसरी हाम्रो भुमि माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ ।” उनले भने ।

साथै देश माथि यस प्रकारका गतिविधि जहिले जहिले हुन्छन हरेक पटक नेपाल तरुण दलले सरकारलाई सुसूचित र ध्यानाकर्षण गराउदै आएको समेत बताएका छन् ।

यस्तो अवस्थामा पनि नेपाल सरकार मौन रहेको भन्दै तत्काल कदम चाल्नका लागि आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?