काठमाडौं । संघीय संसदको बजेट अधिवेशन शुरु हुनु अघि सांसदहरुको बिहीवार कोरोना परीक्षण गरिएको छ । संघीय संसदमा बिहीवार लिइएको ४१ सय ४१ जनाको स्वाब परीक्षणमा सबैको कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै बिहीवार मात्रै २ सय ७५ सांसद सहित अन्यको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।
लामो समय रोकिएको संसद बैठक प्रतिनिधी सभा भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजेबाट शुरु हुँदैछ । संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव लिइएको छ ।
त्यस्तै बैठकको पूर्वसन्ध्यामा पनि २ सय ५१ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिने स्रोतले जनाएको छ जस अन्तर्गत बाँकी ५४ जना सांसदको पनि आजै स्वाव संकलन गरिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया