काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औं दिन ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको ४५ दिन अर्थात डेढ महिना पुगेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएपनि कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिदै आएको छ । बिहीबार सम्म लागू गरिएको लकडाउनलाई सरकारले बुधबार पुनः जेठ ५ गते सम्म लम्ब्याएको छ ।
लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले लकडाउनलाई पालना गरेका छन् । तर सडकमा केही अत्यावस्यक सेवा तथा कर्मचारीका सवाीसाधनहरु सञ्चालनमा आएका छन् । प्रहरीले लकडाउन पालना गराउन सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ ।
बिहीबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा प्रहरीले चेकजाँचलाई निरन्तरता दिएको पाइएको छ । प्रहरीले पास बिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको छ ।
सहरका भित्रि सडकमा भने केही तरकारी एवं खाद्य पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिक रहेको पसल सम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरु किनमेल गरेको देख्न सकिन्छ ।
नेपालका १४ जिल्लामा फैलियो कोरोना
नेपालका १४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बुधबारसम्म ९९ जना कोरोनका संक्रमित फेला परेका छन् भने २२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित उदरपुरमा भेटिएका छन् । हालसम्म उदरपुरमा २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमा ६ जना भने निको भएको छ ।
यसैगरी पर्सामा २४ जना संक्रमित हुँदा ३ जना निको भएका छन् भने बाँकेमा २३ जना संक्रमित फेला परेका छन् ।
यसैगरी काठमाडौंमा ५ जना संक्रमितमध्ये ५ नै जना निको भएका छन् । यद्यपी सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण भेटिएका एक जनामा फेरि संक्रमण बल्झिएको छ ।
यस्तै कैलालीमा ४ मध्ये ३ जना निको हुँदा रौटहटमा ३ मध्ये १ जना निको भएका छन् ।
बागलुङमा दुई मध्ये दुबै निको हुँदा बारामा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनमा २ मध्ये १ जना निको भएका छन् भने झापामा २, भोजपुरमा १, धनुषामा १ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कञ्चनपुरमा एक जनामा संक्रमण पुष्टि भएकामा ती संक्रमित निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै कर्णाली प्रदेश भने हाल सम्म सेफ जोनमा रहेको छ । बाँकी ६ नै प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् ।
यसैबीच हिजो बुधबारबाट थप ११ दिनको लागि लकडाउन थपिएको छ । नेपालमा लकडाउन थपिएपनि हिजो अबका केहि दिनमा शसर्त लकडाउन खुकुलो पार्ने सरकारले निर्णय लिईरँदा विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ।
हिजो पत्रकार सम्मेलनमा भिडियो सन्देशमार्फत् डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले कोभिड १९ बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी समेत दिएका छन् । विभिन्न मुलुकहरुले क्रमिक रुपमा लकडाउन खुकुलो पार्दै जाँदा डब्लुएचओको यस्तो चेतावनी आएको हो ।
लकडाउन खुलाउनका लागि उनले केही टर्मस्हरु हेर्न भनेका छन् ।
देशले निगरानी बलियो बनाउँदै केसहरु घटिरहेका छन् र संक्रमण नियन्त्रणमा छ भन्ने कुरालाई निश्चिन्त हुनुपर्छ ।
देशको स्वास्थ्य प्रणालीको क्षमता हरेक केसहरुको पहिचान, परीक्षण, आइसोलेस गर्ने क्षमता र हरेक सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गर्न सक्षम छ भन्ने कुरामा ढुक्क हुन आवश्यक छ ।
त्यस्तै, मानिसहरु पुग्ने कार्यक्षेत्र, विद्यालय लगायतका स्थानमा नियन्त्रणका उपायहरु अपनाइएका छन् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।
त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा जोखिम व्यवस्थापन गर्न सक्षम हुनुपर्छ ।
समुदायमा कोभिड१९को विषयमा जानकारी र नयाँ व्यवस्थालाई पालन गर्ने विषयमा सचेत भएको हुनुपर्छ ।
महासचिव टेड्रोसले अहिलेको ट्रेन्डले सन् २०३० सम्म विश्वका पाँच अर्ब जनसंख्या आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुने बताए।
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ६५ हजार ७६ जनाको मृत्यु भईसकेको छ भने ३८ लाख २२ हजार ८६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख २ हजार ८९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४८ हजार २११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७४ हजार ७९९ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ६३ हजार ९२ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा १५ हजार ८२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ८५७ जनाको मृत्यु भएको छ भने २ लाख ५३ हजार ६८२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ २ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म २९ हजार ६८४ जनाको मृत्यु भईसकेको छ भने २ लाख १४ हजार ४५७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ३३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा ३० हजार ७६ जनाको मृत्यु भएको छ भने २ लाख १ हजार १०१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ८०९ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार १९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार १४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा कोरोना भाइरसको कारण अहिलेसम्म ७ हजार २७५ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार १२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ १ हजार ८८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा अहिलेसम्म १ हजार ५३७ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९२९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५८४ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार ७४४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार २७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५८८ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार ६११ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा अहिलेसम्म ६ हजार ४१८ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार ६५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज थप २ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा कोरोनाको महामारीबाट अहिलेसम्म ४ हजार २३२ जनाको मृत्यु भएको छ भने ६३ हजार ४९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पेरुमा १ हजार ५३३ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार ८१७ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा ८ हजार ३३९ जनाको मृत्यु भएको छ भने ५० हजार ७८१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म १ हजार ७८५ जनाको मृत्यु भएको छ भने ५२ हजार ९८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार २०४ जनाको मृत्यु भएको छ भने ४१ हजार ३१९ जनालाई संक्रमण भएको छ । त्यस्तै इक्वेडरमा अहिलेसम्म १ हजार ६१८ जनाको मृत्यु भएको छ भने ३१ हजार ८८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ८०५ जनाको मृत्यु भएको छ भने ३० हजार ६० जनालाई संक्रमण भएको छ । त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ८९ जनाको मृत्यु भएको छ भने २६ हजार १८२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा आज मात्रै १९७ जनाको मृत्यु भएको छ भने आजै १ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै मक्सिकोमा अहिलेसम्म २ हजार ७०४ जनाको मृत्यु भएको छ भने २७ हजार ६३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विडेनमा अहिलेसम्म महामारीबाट २ हजार ९४१ जनाको मृत्यु भएको छ भने २३ हजार ९१८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ३७५ जनाको मृत्यु भएको छ भने २२ हजार २४८ जनालाई संक्रमण भएको छ ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
४४ प्रकारका उद्योग खुल्ला गर्ने सरकारको निर्णय (सूचीसहित)
कोरोना संकटको बीच चीनले उडायो रकेट
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया