कोरोना संकटको बीच चीनले उडायो रकेट

काठमाडौं । सारा विश्व कोरोना भाइरससँगको महामारीसँग लडिरहेका बेला चीनले भने एकपछि अर्काे शक्ति प्रदर्शन गरिरहेको छ ।

वैज्ञानिकहरु र विश्वका अन्य देशहरु कोरोना भाइरसविरुद्धको औषधि खोजिरहेका बेला यता चीन भने ब्रेफिङ भएर अन्तरिक्षमा कीर्तिमान स्थापित गर्नमा लागि परेको छ ।

चीनले ५ मेमा आफ्नो मून मिशनको लागि तयार गरिएको रकेट र प्रोटोटाइप अन्तरिक्षयान अर्थात् स्पेसक्राप्टको सफल परिक्षण गरेको छ ।

चीनले यो परीक्षण ह्यानान प्रान्तस्थित वेनचांग लञ्च प्याडबाट गरेको छ । चीनको सरकारी मिडियाका अनुसार, चन्द्रमामा आफ्नो एस्ट्रोनोट्स पठाउनका लागि स्थायी स्पेस स्टेशन चलाउनको लागि यो अति नै महत्वपूर्ण मिशन मानिन्छ ।

८ मेमा धर्तीमा फर्किन्छ स्पेसशिप

रिपोर्टका अनुसार लोन्ग मार्च ५बी रकेटले लञ्च प्याडबाट उडान भरेको छ। करिव ९ मिनेट पछि एक मानव रहित प्रोटोटाइप अन्तरिक्ष यानलाई त्यसको तय गरिएको कक्षमा पुर्याएको थियो ।

अब ८ मे (शुक्रवार) यो स्पेसशिप धर्तीमा फर्किनेछ । चीन यो मिशन सन् २०२२ सम्म पूरा गर्ने योजनामा रहेको छ । चीन पहिला अन्तरिक्ष स्टेशनसम्म र फेरी एक दिन चन्द्रमासम्म मानिसलाई लिएर जाने योजनामा काम गरिरहेको छ ।

चीन म्यान्ड स्पेस एजेन्सीका वैज्ञानिक जी. किमिंगले टेस्ट मिशन तथा क्याप्सुललाई परिक्षण उडान पूरा गरेपछि शुक्रवार ल्याण्डिङ गर्ने याजना बनाइएको छ । जानकारी होस् कि, यो भन्दा पहिला मार्चमा ७ए मोडल र अप्रिलमा ३बी मोडलको परिक्षण विफल भएको थियो ।

मंगल ग्रहमा ओर्बिटर र रोभर पठाउँदै चीन

चीन यस वर्ष जुलाईको अन्त्यसम्ममा मंगल ग्रहमा आफ्नो ओर्बिटर र रोभर पठाउने तयारीमा छ । अबच न्द्रमासम्म पुग्नको लागि गरिएको सफल परिक्षण पछि चीन उत्साहित भएको छ ।

चीनले यो भन्दा पहिला पनि चन्द्रमामा आफ्नो रोभर पुर्याइसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?