साईप्रसमा नेपाली विद्यार्थीको हत्या

काठमाडौं । साईप्रसको राजधानी निकोसिया नजिक ईभिचिउ भन्ने गाऊमा गए राति एक नेपाली विद्यार्थीको हत्या भएको छ । एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीहरु विच घरको विषयलाई लिएर विवाद भएपछि २१ बर्षिय युवकको चक्कु प्रहार गरि हत्या भएको हो ।

मगंलवार राति करिब १०ः३० बजे नेपालको चितवन जिल्ला रत्ननगर नगरपालिका वडा न- १२ जमुनापुर गाऊका २१ बर्षिय विवेक अम्मगाईलाई सोही रुममा बस्ने विद्यार्थी लगभग २२ बर्षिय सुबास गिरीले चक्कु प्रहार गरि हत्या गरेको निकोसिया प्रहरीले जानकारी दिएको छ । प्रहारीका अनुसार चक्कु प्रहार गर्ने गिरी अम्मगाईको हत्या गरि आफै पुलिस चौकीमा आत्मसर्मपण गरेका थिए ।

साथै घरमा अरु विद्यार्थीहरु बस्दै आएका थिए उनिहरु सबै रक्सी खाएर आपसमा झगडा गरेका थिए पछि गिरिले चक्कु लिई फ्ल्याट बाहिर गई अम्मगाईलाई चक्कु प्रहार गरेको निकोसिया प्रहरीले बताएको छ । प्रहरी घटना स्थलमा पुग्दा अम्मगाई रगतले लत्पत भएका थिए उहालाई अस्पताल लैजादा डक्टरले मृत घोषणा गरेको थियो ।

आरोपी नियन्त्रणमा आई सकेको र अन्य सो फ्ल्याटमा बस्नेहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरि अदालतमा पेश गरिने स्थानिय त्याहाँका समाचार माध्यमहरुले आफनो समाचारमा उल्लेख गरेका छन ।

लोकपथमा आज  प्रकाशित यी समाचार पढ्नुभयो ?तलको लिंकमा क्लिक गरी पढ्नुहोस्  :

लकडाउनको विषयमा शर्तसहित मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

सचिवालय बैठकमा बाझाबाझपछि नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

ओलीले बीचैमा छोडेर हिँडेपछि सचिवालय बैठकले के गर्‍यो निर्णय भिडियोसहित

 

सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली , भएको के थियो ? 

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?