सचिवालय बैठकमा बाझाबाझपछि नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको छ । सबै सचिवालय सदस्य बालुवाटारबाट हिँडेपछि ओली र प्रचण्डबीच छलफल भएको हो ।

करिब आधा घण्टा भएको छलफलमा ओलीले आफूलाई सबैले एक्ल्याउन खोजेको भन्दै प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । सो क्रममा ओलीले अहिले बजेट र कोरोना नियन्त्रणमा केन्द्रीत हुनुपर्ने भन्दै स्थायी कमिटी बैठकमा जोडबल गर्न नुहने बताएका थिए । तर, प्रचण्डले पार्टीको विधान र सदस्यहरुको भावना बुझ्नुपर्ने भन्दै बैठक बोलाउनै पर्नेमा जोड दिएका थिए ।

जवाफमा ओलीले केहीदिनमा फेरि छलफल गरेर औचित्यका आधारमा बैठक बोलाउने बताएका थिए भने प्रचण्डपनि ओलीको सोही भनाइमा सहमति जनाउँदै खुमलटार फर्किएका थिए । तर दुई नेताबीचको छुट्टै छलफलपछि पनि स्थायी समिति कहिले बोलाउने भन्नेमा अन्योलता कायमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?