काठमाडौं । दुर्घटनामा परेर दायाँ आँखामा गम्भीर चोट लागेर विराटनगर आँखा अस्पतालमा उपचार गराइरहेकी महिला फुटबल खेलाडी समीक्षा मगरलाई हरि खड्का, नेपाली राष्ट्रिय महिला टिमका खेलाडीले आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेपाली राष्ट्रिय महिला टिमका खेलाडी, पूर्व प्रशिक्षक तथा महिला विभाग प्रमुख हरि खड्का र अफिसियलहरुले दुर्घटनामा परेर एउटा आँखामा चोट लागेकी महिला फुटबल खेलाडी समिक्षा थापा मगरलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
पूर्व प्रशिक्षक तथा महिला विभाग प्रमुख खड्काले सामाजिक संजाल फेसबुकबाट समिक्षालाई ५० हजार उपचार खर्च सहयोग गर्ने बताएका छन् । उनले महिला विभाग, खेलाडी तथा अफिसियलबाट संयुक्त रुपमा उक्त रकम सहयोग गर्न लागिएको जनाएका छन् ।

विराटनगरस्थित आँखा अस्पतालमा उपचार गराईरहेकी समिक्षालाई यस अघि एन्फा र विराट सांग्रिला क्लबले आर्थिक सहयोग गरेको थियो । यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
उनको आँखाको अप्रेसन गर्ने तयारी भईरहेको छ । उनको दृष्टि नफर्कने परिवार स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया