यूईएफएले गर्‍यो ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग

काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोरोना भाईरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

यूईएफएले सोमबार आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । यूईएफएले आफ्ना सदस्य राष्ट्रलाई सहयोग गर्न २३६।५ मिलियन युरो निकासा गरेको जनाएको छ । यूईएफएको घोषणासँगै ५५ राष्ट्रले ४।३ मिलियन युरो पाउने पाउने छन् ।

कोरोनाको महामारीपछि फुटबलका आएको चुनौतीलाई सामना गर्न यस सहयोगले मद्दत पुग्ने यूईएफएले जनाएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?