मेक्सिकन फुटबल लिजेण्ड टोमस बाल्काजरको निधन

काठमाडौं । मेक्सिकन फुटबल लिजेण्ड टोमस बाल्काजरको निधन भएको छ । मेक्सिकन फरवार्ड जाभियर चिचारितो हर्नान्डेजका हजुरबुबा समेत रहेका बाल्काजरको ८८ वर्षको उमेरमा निधन भएको हो ।

मेक्सिकन फुटबल एसोसियसनले आइतबार बाल्काजरको निधन भएको पुस्टि गरेको छ । फरवार्ड बाल्काजरले मेक्सिकोका लागि विश्वकप समेत खेलेका थिए । सन् १९५४ को विश्वकपमा बाल्काजरले फ्रान्सविरुद्ध गोल समेत गरेका थिए ।

क्लब फुटबलमा उनले चिभास र गुवाडालाजाराबाट खेलेका थिए । बाल्काजरका तीन पुस्ताले मेक्सिकोका लागि खेलेका छन् । उनका छोरा जाभियर हर्नान्डेज र नाती जाभियर चिचारितो हर्नान्डेजले मेक्सिकोबाट विश्वकप खेलिसकेका छन् । चिचारितो हर्नान्डेज भने अझी टिममा रहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?