काठमाडौं । नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राखिने भएको छ । शनिवार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि आन्तरिक तथा अन्तराष्ट्रिय उडान सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो।
साथै आज सिंहदरबारमा बसेको समितिको बैठकले जेठ १ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए।
त्यस्तै लकडाउन थप्ने वा नथप्ने भन्ने विषयमा आइतवार मन्त्रिपरिषद बैठकले निर्णय लिने सचिव विडारी बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया