कोरोना पछिल्लो अपडेट : विश्वमा १ लाख ६६ हजार बढीको मृत्यु, आजमात्रै थपिए २० हजार बढी संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १ लाख ६६ हजार १२२ जनाको ज्यान गएको छ भने ६ लाख ३६ हजार ६२९ जना निको भएका छन् ।

त्यस्तै २४ लाख २६ हजार ७८५ जनालाई संक्रमण भएको छ । त्यस्तै विश्वमा ५५ हजार ५९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४० हजार ६२० जनाको ज्यान गएको छ भने ७ लाख ६५ हजार ६१३ जनालाई संक्रमण भएको छ । त्यस्तै १३ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको छ । आज मात्रै त्यहाँ ४५ जनाको ज्यान गएको छ भने आजै ९७७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा अहिलेसम्म २० हजार ८५२ जनाको ज्यान गएको छ भने २ लाख २१० जनालाई संक्रमण भएको छ । त्यस्तै आजमात्रै त्यहाँ १ हजार ५३६ नयाँ संक्रमित थपिएका छन् भने आजै ३९९ जनाको ज्यान गएको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म २३ हजार ६६० जनाको ज्यान गएको छ भने १ लाख ७८ हजार ९७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा १ लाख ५२ हजार ८९४ जनालाई संक्रमण भएको छ भने १९ हजार ७१८ जनाको ज्यान गएको छ ।

त्यस्तै जर्मनीमा अहिलेसम्म महामारीका कारण ४ हजार ६४२ जनाको ज्यान गएको छ भने आज थप १ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म १ लाख ४५ हजार ७४३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म १ लाख २० हजार ६७ जनालाई संक्रमण भएको छ भने १६ हजार ६० जनाको ज्यान गएको छ ।

त्यस्तै टर्कीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ८६ हजार ३०६ जनालाई संक्रमण भएको छ भने २ हजार १७ जनाको ज्यान गएको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ८३ हजार ५०५ जनालाई संक्रमण भएको छ भने ५ हजार २०९ जनाको ज्यान गएको छ । आजमात्रै त्यहाँ ९१ जनाको ज्यानगएको छ भने आजै १ हजार २९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा कोरोना भाइरसको महामारीका कारण ४ हजार ६३२ जनाको ज्यान गएको छ भने ८२ हजार ७४७ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ १२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका काराण् ४०५ जनाले ज्यान गुमाएका छन् । आज मात्रै त्यहाँ थप ४४ जनाको ज्यान गएको छ भने ४ हजार २६८ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ४७ हजार १२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीबाट ३९ हजार ९८३ जनालाई संक्रमण भएको छ भने ५ हजार ८२८ जनाो ज्यान गएको छ । आजमात्रै बेल्जियममा कोरोना भाइरसका कारण १ हजार ४८७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण २ हजार ४८४ जनाको मृत्यु भएको छ भने ३९ हजार १४४ जनालाई संक्रमण भएको छ ।

ब्राजिलमा आज मात्रै २२ जनाले ज्यान गुमाएका छन् भने आजै ४९० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा अहिलेसम्म १ हजार ५८७ जनाको ज्यान गएको छ भने ३५ हजार ५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याड्समा अहिलेसम्म कोरोना भाइरसको कारण ३ हजार ७५१ जनाको ज्यान गएको छ भने ३३ हजार ४०५ जनालाई संक्रमण भएको छ ।

आजमात्रै त्यहाँ ७५० नयाँ संक्रमित थपिएका छन् भने आजै ६७ जनाको मृत्यु भएको छ । त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ४०६ जनाको ज्यान गएको छ भने २७ हजार ९४४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ २०४ नयाँ संक्रमित थपिएका छन् भने १३ जनाको आजै मृत्यु भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको कारण ५५९ जनाको ज्यान गएको छ भने १७ हजार ६१५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पोर्चुगलमा अहिलेसम्म कोरोना भाइरसको कारण ७३५ जनाले ज्यान गुमाएका छन् भने २० हजार ८६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ६५७ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै २१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वमा आज मात्रै १ हजार ९१ जनाको ज्यान भएको छ भने आजै थप २० हजार २१० जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?