काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन् । अब चितवनले पहिले ब्याटिङ गर्नेछ ।
आजको खेलमा चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले गर्दैछन् । उनी अफगानिस्तानविरुद्धको सिरिज खेलेर नेपाल आइपुगेका हुन् ।
यसअघि चितवनको कप्तानी रवि बोपाराले गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया