काठमडौं – ७ वर्ष ३ महिना ३ दिनपछि निर्भयाले न्याय पाएकी छिन् । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई आज बिहानै ५ : ३० बजे झुण्डाएर मृत्युदण्ड दिइएको हो । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत भएको भन्दै यो महिलाको दिन भएको प्रतिक्रिया दिएकी छिन् । उनका बाबुले पनि खुसी भएका छन् र लामो कानूनी लडाई पछि जीतेको बताएका छन् । उनीहरुले भने, ”मेरी बेटी आज खुसी भईन् । आज महिलाहरुको दिन हो ।”
समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो । तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।’ भारतिय टेलिभिजन एबिपी न्यूजको अनलाई संस्करणलेले जेल अधिकारीलाई उद्धृत गर्दै चारैजनालाई एकैपटक मृत्युदण्ड दिइएको बताएको छ ।
सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र ३ दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।
भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे ।
दोषीमध्येका एक विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा पुर्याइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो । चारैजनालाई एकैपटक मृत्युदण्ड दिइएको हो ।
बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन नहुने भन्दै दायर गरिएको रिट खारेज गरिदिएपछि पटकपटक सरेको फाँसीको सजाय आज भएको हो । ४ जनालाई फाँसी दिनका लागि जल्लाद पवन जेल परिसरमा तयारी अवस्थामा रहेका थिए ।
उनकै नेतृत्वमा ४ दोषीलाई झुण्ड्याएर फाँसी दिईएको हो । यसअघि जल्लादले बिहीबार राती दोषीहरुलाई झुण्ड्याउने तयारीका लागि डेमो गरेका थिए । त्यसपछि उनलाई जेल वार्डेनले सेल नम्बर ३ मा रहेको फाँसी दिने घरमा लगेका थिए । फाँसी दिने घरको तयारीको बारेमा छलफलपछि जल्लादहरुलाई जेलरले फाँसी घरमा अवस्थित ब्याल्क बक्सको साँचो हस्तान्तरण गरिसकेका थिए ।
भारतिय सञ्चार माध्यम भाष्कर दैनिकले लेखेको छ, ‘जेल अधिकारीको उपस्थितिमा फलामको बक्स खोलिएको थियो । यस बक्समा ४ वटा ब्याग र डोरीका गुथाहरु तयारी अवस्थामा राखिएका थिए ।
यो दौरानमा फाँसी दिने जल्लादहरुले जेल अधिकारीहरुबाट बक्समा राखिएका सामानहरु र चाबी लिएको भन्दै एक पत्रमा हस्ताक्षरसहितको स्वीकृति लिएका छन् ।’ जेल प्रशासनले फाँसी जल्लादलाई ३ दिन पहिले नै बोलाएको थियो । जल्लाद पवनले फाँसी दिने कामको नेतृत्व गरिरहेका थिए ।
भएको के थियो ?
सन् २०१२ को डिसेम्बर १६ मा भारतको दिल्लीमा मेडिकल कलेजकी छात्रा निर्भयाको बलात्कारपछि हत्या भएको थियो । बलात्कारपछि गम्भीर घाइते निर्भयाको डिसेम्बर २६ मा सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको ९ महिनापछि अर्थात सन् २०१३ मा तल्लो अदालतले ५ दोषीलाई फाँसीको सजाय सुनाएको थियो । जसमा रामसिंह, पवन, अक्षय, विनय र मुकेश रहेका थिए ।
त्यसपछि मार्च २०१४ मा उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजाय सुनाएको थियो । मुद्धा चलिरहेकै बेला मुख्य दोषी रामसिंहले तिहाड जेलमै झुण्डिएर आत्महत्या गरेका थिए । अर्का एक दोषी नाबालक भएको भन्दै केही वर्ष सुधार गृहमा राखेर रिहा भैसकेका छन् । बाँकी रहेका ४ जनालाई शुक्रबार फाँसी दिइएको हो ।
यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?
निर्भया काण्ड: चारै दोषीको आज अन्तिम दिन, दोषी पवनको याचीका सुनुवाई गर्दै ६ न्यायाधीश
निर्भया काण्ड : तिहाड जेलमा डमीलाई दिइयो फाँसी, २० मार्चमा चारै दोषीलाई फाँसी हुने
निर्भया काण्ड : फाँसीबाट बच्न नयाँ चाल, दोषी अक्षयकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद
निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्
निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?
निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै
निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?
निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे
निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने
निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्यो
निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने
के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?
निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया