काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिनेछन् ।
एलिमिनेटरको विजेता टोलीले फाइनल प्रवेशका लागि बिहीबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।
दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
अंक तालिकामा काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै एलिमिनेटरमा पुगेका हुन् । काठमाडौंले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको थियो ।
त्यस्तै, चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको थियो । वर्षाका कारण एक खेल रद्द भएपछि चितवनले अंक बाँड्दै प्लेअफमा स्थान सुरक्षित गरेको थियो ।
आजको खेल जित्दै दोस्रो क्वालिफायरमा पुग्ने दाउमा दुवै टोली रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया