महादेवटार सुरुङको ब्रेक थ्रु, राष्ट्रपति पौडेलले गरे उद्घाटन

लोकपथ
0
Shares

बागमती । काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माण गरिएको सबैभन्दा लामो सुरुङको आज ब्रेक थ्रु गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन् ।

ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले काठमाडौं–तराई/मधेस द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि महत्त्वपूर्ण आयोजना भएको बताए । उनले द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको प्रशंसासमेत गरे ।

त्यस अवसरमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म ५० दशमलव ५४ प्रतिशत पुगेको कार्यक्रममा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?