बाढी प्रभावितका लागि राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँ मौज्दात

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन भइरहेको छ ।

कार्यालयका अनुसार बुधबार बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ मौज्दात रहेको छ ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था र निकायबाट कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?