काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाएको हो ।
कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको आज प्रकाशित सूचनामा उल्लेख छ ।
सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेको जनाइएको छ ।
कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएकामा सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, पुजन न्यौपाने, नरेश थापा र रमेश प्रसाद पौडेल छन् । त्यस्तै, स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया