काठमाडौं । चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ ।
प्रतिनिधिमण्डलले आज बिहान सभापति लामिछानेसँग सभापति निवासमा भेट गरी चीन भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली भोलिदेखि चीन भ्रमणमा जाँदैछ ।
भ्रमणमा जानुअघि टोलीले सभापति लामिछानेसँग भेट गरी भ्रमणका विषयमा आवश्यक सल्लाह र सुझाव लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया