आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?